२०८१ बैशाख ६ गते बिहिवार

राप्ती युवा क्लब र नवजारण लखन कपमा बिजयी

घोराही, ५ फागुन । दाङको घोराहीमा जारी लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिता अन्तर्गत राप्ती युबा क्लब बिजयी भएको छ । आज भएको पहिलो खेलमा राप्ती ईञ्जीनियरिङ कलेजलाई ५—० गोल अन्तरले बिजयी भएको हो ।

राप्ती क्लबका तर्फबाट आशिष पुनले ३ गोल गर्नुभएको थियो भने मिलन पुनले २ गोल गर्नुभएको थियो । यस्तै आजै भएको दोस्रो खेलमा नवजागरण युवा क्लबले नेपाल मगर संघ घोराहीलाई ५—३ गोल अन्तरले हराएको छ ।

गोलरहित बराबरी खेलेका दुबै टीमको खेल टाईब्रेकरमा टुंगीएको थियो । नबजागरणले ५ गोल गरेपछि मगर संघ घोराही पराजित भएको हो । यस्तै प्रतियो्गिता अन्तर्गत भोली पहिलो खेल रतनपुर ११ र युएनबिसी एकेडेमी र दोस्रो खेल फर्सेखाली युबा क्लब र अटल युबा क्लब निलोबीच हुने छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *