२०७७ माघ ७ गते बुधवार

लखन कपमा एसएसएफए विजयी

दाङ, ३ फागुन । घोराहीमा हिजोदेखि सुरु भएको लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको दोस्रो एसएसएफए तुलसीपुरले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन भएको पद्मोदय माबि घोराहीलाई ३—१ गोल अन्तरले एसएसएफए बिजयी भएको हो ।

खेलको पहिलो हाफको २४ औँ मिनेटमा एसएसएफएका मनिष भण्डारीले गोल गर्दै अग्रता गराए पनि ३६ औँ मिनेटमा पद्मोदयका रुपेश बाठा मगरले गोल गर्दै बराबरीमा ल्याएका थिए । खेलको दोस्रो हाफको ३७ औँ मिनेटमा एसएसएफएका निशान डाँगीले थप एक गोल गर्दै अग्रता गराएका थिए ।

निकै उत्कृष्ट खेलको अन्तिम समयमा एसएसएफएका प्रकाश न्यौपानेले थप एक गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *