२०८३ बैशाख १३ गते आइतवार

कुबेर बहादुर शाह स्मृति खेलकुद संचालन समितिको संयोजकमा – श्रेष्ठ

दाङ , वैशाख ३। दाङ जिल्लामा छरिएर रहेका खेलकुद क्षेत्रका पुरानो पुस्ताका हस्ती एवं अग्रज खेलाडिहरुको बृहत भेला आज तुलसिपुरमा सम्पन्न भएकोछ ।भेलाले समग्र जिल्लाको खेल क्षेत्रको बिकास र बिस्तारमा स्वर्गीय कुबेर बहादुर शाहको अतुलनीय योगदानको उच्च सम्मान स्वरुप दाङ जिल्ला खेलकुद बिकास समितिका संस्थापक सदस्य सचिव केदार राज श्रेष्ठ संयोजक रहेको सात सदस्यीय स्वर्गीय कुबेर बहादुर शाह स्मृति खेलकुद संचालन समिती गठन गरेकोछ ।

जसको सदस्यमा पद्मा चौधरी,टेक बहादुर बिक,लोकेन्द्र बैरागी,सुशिल श्रेष्ठ, लक्ष्मण बस्नेत र कमल खत्री रहेका छन। गठित समितिले जिल्लाको खेलकुद बिकासमा स्वर्गीय कुबेर बहादुर शाहको योगदान लाई सदैव जीवन्त राख्न आगामी कार्ययोजना सहितको कार्यविधि बनाएर अगाडि बढ्ने संयोजक श्रेष्ठले बताए । हामी नयाँ र पुरानो पुस्तालाई खेल बिकासको मुख्य मेरुदण्डका रुपमा जोडेर अगाडि बढ्ने प्रयासमा छौ यसले जिल्लाको खेलकुदमा नयाँ आयमले ल्याउनेछ उनले भने ।

भेलामा बोल्ने वक्ताहरुले जिल्लाको खेलकुद बिकास क्रमको इतिहासमा दोस्रो पुस्ताको सिङ्गो खेलकुदलाई डोर्‍याएर आफुलाई खेलक्षेत्रमा पुर्ण रुपमा समर्पित गरेका खेलकुद क्षेत्रका हस्ती कुबेर बहादुर शाहको योगदानको स्मरण गरेका थिए । सो अबसरमा पुर्व रास्ट्रीय खेलाडी ईन्द्र ध्वज बस्नेत,मान बहादुर गोल्ड स्मिथ,चिरञ्जीवी रिजाल,गोपाल जङ शाह, पद्मा चौधरी,भिम बहादुर डागी,ध्रुब शाह,ओमभक्त गिरि,टेक बहादुर बिक, सुमन घले,बिरेन्द्र कुमार शाह ,देवेन्द्र वैरागी, लोकेन्द्र वैरागी,सुशील श्रेष्ठ,शरण थापा लगाएतकाले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *