२०८३ बैशाख १३ गते आइतवार

तुलसीपुरमा जारी ‘हिरा कप’मा सक्शेसले शान्तिनगर क्लवलाई ८ गोल ठोक्यो , आषिशले एक्लै गरे ५ गोल

तुलसीपुर, कात्तिक ११ ।दाङको तुलसीपुरमा जारी ‘हिरा कप’ फुटबल प्रतियोगिता अन्तरगत बिहीबारका खेलहरुमा तुलसीपुरका दुई क्लव बिजयी भएका छन् । एसएसएफए र सक्सेस फुटबल क्लब तुलसीपुरले प्रतियोगिता जितेका हुन ।

अरनिको मैदाना बिहान भएको पहिलो खेलमा मेघा फुटबल क्लब घोराहीलाई शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै एसएसएफएले बिजयी भएको हो । उक्त प्रतियोगितामा एसएसएफएका किरण योगी म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार ५ सय तथा ट्रफी हात पारे । त्यस्तै टिमका लागि पहिलो गोल गर्ने सन्दिप बिकले नगद २ हजार पुरस्कार प्राप्त गरे ।

त्यस्तै प्रतियोगिता अन्तरगत दिउँसो भएको दोस्रो खेलमा शान्तिनगर फुटबल क्लबलाई १ का बिरुद्ध आठ गोलको फराकिलो अन्तरले पराजित गर्दै सक्सेस फुटबल क्लब बिजयी भयो ।

उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तथा टिमकाभे लागि पहिलो गोल गर्ने सक्सेसका आशिष जिसी म्यान अफ द म्याच घोषित भए । उनले एक्लै ५ गोल गरेका थिए ।

शुक्रबार सेमिफाइनल चरणका खेलहरु हुँदै प्रतियोगिता अन्तरगत शुक्रबार थप दुई खेल हुने छन । बिहान ७ बजे सक्सेस फुटबल क्लब तुलसीपुर र रुकुम फुटबल क्लब सेमिफाइनलका लागि भिड्न् छन् ।

दिउँसो टरिगाउँ युथ क्लब र नवलपुर फुटबल क्लबका बीचमा साढे दुई बजे भिडन्त हुने प्रतियोगिताका संयोजक केशब चौधरीले जानकारी दिए । स्वर्गिय हिरा डाँगी फाउन्डेसन तुलसीपुरले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा दाङ जिल्लाका दश टिम र छिमेकी देश भारतको साहारा क्लबपनि सहभागी छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २५ हजार, दुईतिय हुनेले नगद ६० हजार र प्रमाण पत्र प्रदान गरिने छ ।
त्यस्तै ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर , बेष्ट किपर, बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, हाई स्कोरर, बेष्ट कोच, बेष्ट मार्चपास गर्ने टिमलाई समेत जनही ५ हजारका दरले पुरुस्कृत गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *