२०७८ कार्तिक १ गते सोमवार

तुलसीपुरमा नगर स्तरिय कराँते प्रतियोगिता सुरु

तुलसीपुर, असोज २४ ।दाङको तुलसीपुरमा तुलसिपुर नगर स्तरिय कराँते प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।
सितोरियो कराँते अरनिको डोजो तुलसिपुर ५ को आयोजनामा कराँते हल तुलसिपुर ९ बेलुवामा प्रतियोगिताको सुरुवात भएको हो ।
यसैबिच सम्पन्न (फाईट) कुमुते महिला तर्फको ४० केजी तौल समुहमा अरनिको डोजो तुलसिपुरकी बिनिता बुढामगरले स्वर्ण पदक जितेकी छन् ।

त्यस्तै भट्टे डोजोकी सम्झना बिकले रजत पदक हात पार्दा रगैचा डोजोकी बालिका खड्का र हापुरे डोजोकी करिस्मा केसिले कास्य पदक जितेका छन् ।त्यस्तै ४५ केजी तौल समुहमा अरनिको डोजोकी बिमला डाँगीले स्वर्ण पदक जितेकी छन् ।
अरनिको डोजोकै निशा केसीले रजत पदक, हापुरे डोजोकी झरना बिक र अरनिको डोजोकी सुहाना ओलीले कास्य पदक जितेका छन् ।

प्रतियोगिता सोमबार सम्म चल्नेछ । प्रतियोगितामा तुलसिपुर पश्चिम क्षेत्रका स्थापित डोजोका झण्डै तीन सय खेलाडीको सहभागीता छ ।

खेललाई देशको संबृद्धि संग जोड्नु पर्छ – मेयर पाण्डे

उक्त प्रतियोगिताको तुलसीपुरका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेका हुन । मेयर पाण्डेले खेलकुद क्षेत्रलाई देशको समृद्धि संग जोडेर लैजानु पर्ने बताएका छन् ।

‘खेलकुद रास्ट्रको सान र गौरव हो,’ उनले भने ‘यसलाई खेल पर्यटनको गन्तव्यको रुपमा बिकास गर्न जरुरी छ ।’ सितोरियो कराँते अरनिको डोजो तुलसिपुर ५ का प्रमुख प्रशिक्षक पदमबहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा तुलसीपुर वडा न ९ का वडाध्यक्ष घनश्याम ढकाल, दाङ जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष डिल्लीबहादुर डाँगी बिशिष्ट आतिथि थिए ।

सो अबसरमा कराते खेलको बिकास र बिस्तारमा अतुलनिय योगदान पु¥याएको भन्दै नेपाल सितोरियो कराँतेका लुम्बिनी प्रदेश प्रमुख बलराज नेपालीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *