
तुलसीपुर, असोज ८ ।तुलसीपुरको टरिगाँउमा शनिवारदेखि जिल्लाकै सर्वाधिक पुरस्कार राषीको खुला फूटबल प्रतियोगिता सुरु हुने भएको छ ।
टरिगाँउ युवा क्लब तुलसिपुर उपमहानगरपालिका वडा नं. १२ को आयोजनामा सञ्चालन हुन थालेको प्रतियोगिताको औपचारिक उद्घाटन शनिबार दिउँसो २ बजे हुने भएको छ ।
एद्घाटन खेलमा आयोजक टरिगाँउ युवा क्लब र रोयल बिजौरी भिड्ने भएका छ्न । खेल दिउँसो साढे दुई बजे देखि सुरु हुनेछ । प्रतियोगिता तुलसिपुर १२ स्थित टरिगाउ खेल मैदानमा सञ्चालन गरिने भएको छ ।
प्रतियोगितामा जिल्लाका १३ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष कबिन रजौरेले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।
त्यस्तै उपबिजेता र तृतिय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्यस्तै ब्यक्तिगत बिधा तर्फ प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने भएको छ ।