असार १९ । ब्राजिल कोपा अमेरिका फुटबलको सेमीफाइनलमा पुगेको छ । शनिबार विहान भएको खेलमा चिलीलाइ हराउदै ब्राजिल सेमीफाइनलमा पुगेको हो । ब्राजिलले चिलीलाई १–० गोल अन्तरले हराएको हो ।
रियोमा भएको खेलमा घरेलु टोली ब्राजिलले दोस्रो हाफको सुरु (४६ मिनेट)मा नै लुकास पिकेटाको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै गाब्रियल जेसिसले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सिमित भयो ।
चिलीले त्यसको फाइदा उठाउने प्रयास गरेपनि सफल भएन र ब्राजिल अन्तिम चारमा स्थान बनाउन सफल भयो । ब्राजिलले अब पेरुसँग खेल्नेछ ।
प्रकाशित मिति : २०७८ असार १९ गते शनिवार