तुलसीपुर, पुस १० । जेके कप फूटबल प्रतियोगिताको उपाधि आयोजक बबई यूथ क्लब तुलसीपुर १२ कचिलाले जितेको छ ।बबई युथ क्लब तुलसीपुर उपमहनगरपालिका वडा नं. १२ कचिलाको आयोजनामा पशुपति माबि हरिपौरा खेल मैदानमा सञ्चालित प्रतियोगिताको शुक्रबार भएको फाईनल खेलमा बिहानी यूवा क्लब तुपसीपुर १५ लाई शून्यका विरुद्ध १ गोलको अन्तरले हराउँदै बबई यूथ क्लबले उपाधि चुमेको हो ।
कडा प्रतिस्पर्धाका बीचमा भएको खेलको दोस्रो हाफ्को ३९औं मिनेटमा बबई यूथका स्वप्निल संसार कुमाईले गरेको गोलनै निर्णायक गोल बन्न पुग्यो ।
बबई यूथ क्लवले उपाधि संगै नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै फानलमा पराजित बिहानी युवा क्लबले मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । स्थानीय स्तरमा फूटबल प्रतिको अभिरुची बृद्धि गर्ने र ब्यवसायिक खेल बिकाशमा टेवा पुर्याउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता मा १३ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता अबधिभर अम्पाएरको भूमिका एन्फा रेफ्री देव नारायण दहाल, खुमबहादुर वली, सुरेन्द्र चौधरी र बिनोद बिकले निर्वाह गरेका थिए ।प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष अमित चौधरीको अध्यक्षता तथा प्रजातान्त्रिक उधोग ब्यबसायी संघ तुलसिपुरका अध्यक्ष जनकप्रसाद खरालको प्रमुख आतिथ्य एवं एन्फा दाङ जिल्ला प्रशिक्षक मञ्जित बाँठाको बिशिष्ट आतिथ्यमा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खरालले खेलकुदको बिकास बिस्तारका लागि ग्रामिणस्तर बाटै लाग्नु पर्ने बताए । खेलकुद मानव स्वास्थ्यको अभिन्न अंग भएपनि यसको बिकासमा राज्यले ध्यान नदिएको प्रति उनले गुनासो गरे ।
कार्यक्रमा अन्तराष्ट्रिय खेलाडी जनककुमार बाँठा मगरले ग्रामिणस्तर बाट खेलको बिकास गर्ने उदेश्यले व्यक्तिगत लगानीमा टुनामेन्ट आयोजना गरेको बताए ।
बाठा मगरले आँफूले खेल जीवनमा भोगेका पीडा अब आउने पिढीले भोग्न नपरोस भनेर व्यक्तिगत लगानीमा प्रतियोगिता आयोजना गरेको बताए । उनले प्रतियोगिता सफल बनाउन भूमिका खेलेका सबैलाई धन्यवाद दिएका थिए ।