२०८१ चैत्र ९ गते शनिवार

बायर्न म्युनिख लगातार आठौं पटक च्याम्पियन बन्यो


असार ३ । बायर्न म्युनिख लगातार आठौं पटक च्याम्पियन बनेको छ । म्युनिखले लगातार आठौं पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा वेडर ब्रेमेनलाई १-० ले पराजित गर्दै बायर्नले लिग अन्तर्गतका दुई खेल अगाडी नै यस सिजन उपाधि पक्का गरेको हो ।युरोपका शिर्ष पाँच लिगमा लगातार आठ पटक लिग जित्ने बायर्न दोस्रो टिम बनेको छ । यसअघि इटलीको युभेन्ट्सले सन् २०११-१२ देखि २०१८-१९ सम्म लगातार आठ पट सिरी ए जितेको थियो ।व्रेमेनलाई उसैको मदानमा पराजित गर्दै रोवर्टो लेवान्डोस्कीले पहिलो हाफमा एक गोल गरे । उनले ४३औं मनेटमा गरेको गोल नै उपाधि दिलाउन निर्णायक बन्यो ।

लिगमा लगातार ११ खेल जितेको बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई १० अंकले पछि पारेको छ । बायर्नको ३२ खेलबाट ७६ अंक छ भने एक खेल कम खेलेको डर्टमण्डको ६६ अंक छ । बायर्नले लिग जितेको यो ३०औं पटक हो । कोरोना भाइरस महामारीले क्लोज डरमा फुटबल खेल्नुपरेकोले बायर्नले दर्शक बिना नै उपाधिको खुशी मनाउनुपरेको थियो।

प्रकाशित मिति : २०७७ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *