२०८३ बैशाख १२ गते शनिवार

तीन आत्मघाती हमला, फुटबल हेरिरहेका ३० गाउँलेको मृत्यु

अबुजा, असार २। उत्तरी नाइजेरियामा भएका तीन आत्मघाती हमलामा परी कम्तीमा ३० जनाको ज्यान गएको छ।

स्थानीय समयअनुसार आइतबार राति उत्तरपूर्वी बोर्नो प्रदेशको राजधानी मैदुगुरीदेखि २५ किलोमिटर टाढाको कोन्डुगाको गाउँमा भएको बिस्फोटमा परी ती मानिसहरूको ज्यान गएको प्रदेश आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन्।

आत्मघाती हमलाकारीले फुटबल हेर्न भेला भएका मानिसहरूलाई लक्षित गरी विस्फोट गराएका थिए। विस्फोटमा परी कैयौं मानिस घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

कुनै पनि समूहले अहिलेसम्म विस्फोटको जिम्मेवारी लिएको छैन। बोर्नो प्रदेशमा इस्लामिक विद्रोही समूह बोको हरामले आमनागरिकलाई लक्षित गर्दै विस्फोट गर्दै आएको छ। एजेन्सी

प्रकाशित मिति : २०७६ असार २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *