२०८१ फाल्गुन ६ गते मङ्गलवार

अमेरिकामा एक बन्दुकधारीको आक्रमणमा १६ को मृत्यु,बन्दुकधारी फरार

एजेन्सी । अमेरिकाको लेबिस्टन सहर माइनमा एक बन्धुकधारीले १६ जनाको हत्या गरेको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीले उक्त बन्दुकधारी अझै पनि फरार रहेको भन्दै सचेत रहन नागरिकलाई चेतावनी दिएको छ । माइन राज्य प्रहरीले स्थानीयलाई सम्बोधन गर्दै भनेको छ, ‘लेबिस्टनमा एक सक्रिय सुटर छ । हामी मानिसहरूलाई सुरक्षित ठाउँमा शरण लिन आग्रह गर्छौँ । कृपया ढोका बन्द गरेर आफ्नो घरभित्रै बस्नुहोस् ।’

प्रहरीले सहरका बासिन्दाहरू, साथै नजिकैको लिस्बन सहरका बासिन्दाहरूलाई सुरक्षित रहन भनेको बिबिसीले जनाएको छ ।प्रहरीका अनुसार ४० वर्षीय रोबर्ट कार्डले १६ जनाको हत्या गरिसकेका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

लेबिस्टनको सिटी काउन्सिलका लागि उम्मेदवारी दिएकी बिली जेने कुकले बिबिसी न्युज च्यानललाई गोली हानिएका घटनाका विवरण सार्वजनिक भएपछि आफूले कार्यक्रम छोडेको बताइन् ।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *