२०८० असोज १५ गते सोमवार

अफगानिस्तानमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु, ७ घाइते

एजेन्सी,साउन ३० । पूर्वी अफिगानिस्तानको खोस्ट प्रान्तको खोस्ट सहरमा सोमबार भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ।

सोमबार भएको विस्फोटमा परी ३ जनाको मृत्यु हुनुका साथै अन्य ७ जना घाइते भएको खोस्ट प्रान्तले जनाएको छ।

बिस्फोट क्षेत्रमा अहिले प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको बताइएको छ।

पाकिस्तानको वजिरिस्तान क्षेत्रबाट फर्किएका केही शरणार्थीहरू र खोस्टका बासिन्दाहरू सहभागी रहेको एक होटलमा बम बिस्फोट भएको थियो।

घाइतेको अस्पतालमा उपाचार भइरहेको छ।

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *