२०८१ पुष २९ गते सोमवार

गिनीमा सरकार विरोध प्रदर्शन

गिनीको राजधानी कोनाक्रीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा एक जना युवकको मृत्यु भएको छ । सरकारका विरुद्धमा जारी रहेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ती युवकको निधन भएको हो ।

एक निर्वाचनको नतिजालाई लिएर भएको प्रदर्शनमा सरकारले प्रतिबन्ध लगाएको थियो । तर सरकारी प्रतिबन्धको बेवास्ता गर्दै भएको ¥यालीमा प्रहरीले गोली चलाएको थियो ।

मामाडोउ सम्बा दिआल्लो नामक १८ वर्षीय एक सिकारु प्लम्बरको सुरक्षा बलले हानेको गोली लागेर मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् ।

ती युवकको निधनपछि पुनः सो शहरमा विरोध प्रदर्शन चर्किएको छ । प्रहरीले विरोध ¥यालीलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ ।रासस

प्रकाशित मिति : २०७५ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *