२०८१ बैशाख ७ गते शुक्रवार

इन्डोनेसियाको सुन खानी दुर्घटना, मृतकको संख्या २७ पुग्यो  

जकार्ता, फागुन २३ । मध्य इन्डोनेसियाको एक सुन खानीमा भएको दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २७ पुगेको राष्ट्रिय विपद् एजेन्सीले जनाएको छ ।

एजेन्सीका अधिकारीहरुले अरु व्यक्तिको खोज तथा उद्धारको कार्य अन्त्य भएको पनि जनाएका छन् । उद्धारकर्मीलाई सुन खानीको भित्री भागमा पुगेर खोज तथा उद्धारका कार्य गर्न कठिनाई भएपछि उद्धार कार्य स्थगित गरिएको हो ।

बोलाङ मन्गोन्डो जिल्लाका विपद् व्यवस्थापन एजेन्सीका प्रमुख ह्यारिस डिलापाङ्गाले सुन खानीभित्र कति मजदूर थिए भन्ने अझै टुङ्गो नलागेको जानकारी दिए।

बिना अनुमति सञ्चालित उक्त सुन खानीमा गत फेब्रुअरी २६ मा दुर्घटना भएको थियो । उक्त खानीबाट १८ जना मजदूरलाई भने उद्धार गरिएको र उनीहरु विभिन्न चोटपटकबाट सख्त घाइते भएका छन् ।

एजेन्सीका अनुसार, खानीको कमजोर पूर्वाधार तथा कमजोर भूबनौटभित्र लामालामा सुरुङ खनिएका कारण इन्डोनेसियामा बारम्बार खानी दुर्घटना हुने गरेका छन् ।

इन्डोनेसिया सरकारले अवैधानिक सुन खानीमाथि प्रतिबन्ध लगाएको छ, तर देशका दुर्गम स्थानहरुमा सुन खानी निर्वाध रुपमा सञ्चालन हुने गरेका छन् । एजेन्सी

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *