फागुन १५ । भारतले पाकिस्तानको बालाकोटमा आक्रमण गरेपछि काश्मिरको सीमा क्षेत्रमा तनाव बढेको छ । मंगलबार राति भारतीय सेनाको आक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
पाकिस्तानको कोटली जिल्लामा मंगलबार राति भारतीय सुरक्षाकर्मीले फेरी आक्रमण गरेको छ । आक्रमणमा तीन महिला र एक बच्चासहित चार जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । आक्रमण केही घाइते समेत भएका छन् ।
भारत र पाकिस्तानले एकअर्कालाई काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा संघर्ष विराम गर्ने सहमतिको उल्लंघन गरेको आरोप लगाएका छन् ।
भारत प्रशासित काश्मिरको पुलवामा १४ फेब्रुअरीमा केन्द्रीय रिजर्भ पुलिस बलको अड्डामा चरमपन्थी आक्रमणपछि दुई देशबीच तनाव चुलिएको छ । यस आक्रमणमा भारतका ४० भन्दा बढी सैनिक मारिएका थिए ।
प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार