२०८१ पुष २९ गते सोमवार

आफैंले पालेको कंगारुले लियो वृद्धको ज्यान

काठमाडौं ,भदौ २८ । अष्ट्रेलियामा आफैंले पालेको एक कंगारुको आक्रमणबाट ७७ वर्षीय एक वृद्धको ज्यान गएको छ।

वेस्टर्न अष्ट्रेलियाको राजधानी पर्थबाट ४ सय किलोमिटर दक्षिणपूर्वमा यो घटना भएको हो। अष्ट्रेलियामा कंगारुको आक्रमणबाट मानिसको मृत्यु भएको सन् १९३६ यता यो पहिलो घटना हो।

आफन्तहरुले आइतबार वृद्धलाई आफ्नै घरमा ‘गम्भीर चोट’सहित आफ्नो घरमा फेला परेका थिए।

उक्त दिन बिहान घटना भएको हुन सक्ने प्रहरीले बताएको छ। प्रहरीले उक्त कंगारुलाई गोली प्रहार गरी मारेको छ।

अष्ट्रेलियामा कंगारु घरमा पाल्नु अवैध हो।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *