२०८२ बैशाख ११ गते बुधवार

म्यानमारमा लम्बाइयो संकटकाल,६ महिना थपिने

एजेन्सी । म्यानमारका अधिकारीहरूले त्यहाँको राष्ट्रिय संकटकालीन अवस्थालाई थप छ महिना लम्ब्याएका छन्। म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो।

सो काउन्सिलले म्यानमारमा हाल जारी रहेको संकटकालीन अवस्था अरू छ महिना थपिएको जानकारी दिएको हो।

सो काउन्सिलले त्यहाँ आम निर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि संकटकालीन अवस्था अरू छ महिना थप्नुपरेको जनाएको छ। म्यानमारको संविधानअनुसार त्यहाँ संकटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्दछ।

त्यहाँका कार्यबाहक राष्ट्रपति यु मिन्त स्वेले गत वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि संकटकाल घोषणा गरेका थिए। त्यसपछि यही वर्षको जनवरी ३१ मा नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले संकटकाल लम्ब्याएको थियो।

म्यानमारमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सैनिकले सत्ता हत्याएको छ। सैनिक सरकारले बहुदलीय प्रतिस्पर्धात्मक आम निर्वाचन गर्ने तयारी थालेको जनाएको छ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *