२०८३ कार्तिक ११ गते मङ्गलवार

जेलमा आक्रमण हुँदा ११ जनाको ज्यान गयो

मंसिर १४। नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ भने अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । आइतबार राति जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका अन्तराष्ट्रिय संचार संस्थाले जनाएका छन ।

उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरु २५२ जना भाग्न सफल भएको बताइएको छ । नाइजेरियाको कारागार सो हमला कसले ग¥यो भन्ने बारेमाा केही खुल्न सकेको छैन । कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुनसक्ने अनुमान गरिएको छ ।

आक्रमणकारीहरुको खोजी जारी रहेको र जेलबाट भागेकाहरुको पनि खोजी कार्य प्रहरीले सुरु गरेको बताएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *