
असोज १८। इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
इटलीको उत्तरी सहर मिलानमा रहेको खाली कार्यालय भवनमा ठोक्किएर विमान दुर्घटना हुँदा विमानमा रहेका आठै जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो ।
दुर्घटनामा पाइलटसहित उनकी श्रीमती र छोराको पनि मृत्यु भएको छ ।विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो ।
प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार
