
काठमाडौं, साउन ९ । टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण पदक जितेको छ ।
आज बिहान महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जितेकी हुन् ।
२१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराइन् ।
याङले २ सय ५१ दशमलव ८ अङ्क जोड्दै पहिलो स्वर्ण पदक जितेकी हुन् । ग्यालासिनाले रजत पदक प्राप्त गरिन् ।
यसै स्पर्धाको छनोटमा खेलेकी नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाइन् ।
राष्ट्रिय कीर्तिमान बनाए पनि उनी फाइनल चरणमा पुग्न सकिनन् ।
प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार