२०८२ बैशाख ७ गते शनिवार

बितेको २४ घण्टामा भारतमा कोरोनाबाट दुई हजारभन्दा बढीको मृत्यु

काठमाडौं,वैशाख ८ । भारतमा बितेको २४ घण्टामा दुई लाख ९५ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा २ हजार २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५६ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ८२ हजार नाघेको छ ।

भारतमा कोरोना संक्रमण बढेसँगै दिल्लीमा सोमबारदेखि एक साताको लागि लकडाउनको घोषणा गरिएको छ भने उत्तर प्रदेशले पनि साताको दुई दिन लकडाउनको घोषणा गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *