दाङ, एजेसिन्सको सहयोगमा ।
जो बाइडेनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । ७७ वर्षीय बाइडेनले सबभन्दा पाको उमेरमा राष्ट्रपति निर्वाचित हुने रेकर्ड पनि तोडेका छन् । डोलान्ड ट्रम्पलाई पछाडि पार्दै उनले चुनाव जितेका हुन ।बाइडेनले पछिल्लो २८ वर्षपछि पहिलोपटक कुनै अमेरिकी राष्ट्रपतिलाई पहिलो कार्यकालपछि नै घर पठाइ दिएका छन् ।
अमेरिकाको राष्ट्रपति हुन ३५ वर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान छ ।
यद्यपी राष्ट्रपति निर्वाचनको आधिकारिक परिणाम घोषणा भएको छैन । अमेरिकी सञ्चार माध्यमका अनुसार उनले प्राप्त गरेको मतका आधारमा उनको जित पुष्टि भइसकेको छ ।
आगामी जनवरी २० मा उनले अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् ।
बाइनले ३२ वर्षदेखि संगालेको सपनाका कारण संसारको सबभन्दा शक्तिशाली मुलुकको निर्वाचित राष्ट्रपति बन्न सफल भएका छन् ।
बाइडेन सन १९७२ मा २९ वर्षको उमेरमा डेलावेर राज्यबाट सिनेटर निर्वाचित भएका थिए। त्यो बेला धेरैले उनलाई ह्वाइट हाउसका लागि योग्य पात्र ठानेका थिए ।
सन १९८८ मा मात्र राष्ट्रपतिको उम्मेदवार बन्न उनी पहिलोपटक डेमोक्र्याटिक पार्टीको प्राइमरीमा निर्वाचन लडेका थिए ।
तर त्यतिबेला उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । उनी ब्याक भएपछि त्यो वर्ष डेमोक्र्याटिक पार्टीको तर्फबाट माइकेल डुकाकिस राष्ट्रपति निर्वाचनमा लडेका थिए ।
त्यसपछि अर्कौ २० वर्ष बाइडेनले सिनेटरमै चित्त बुझाए।
पहिलो अमेरिकी उपराष्ट्रपति कमला बनिन
अमेरिकाको इतिहासमा पहिलोपटक महिला उपराष्ट्रपति निर्वा चित भएकी छन । भारतीय आमा र जमैकन बाबुकी सन्तानका रूपमा क्यालिफोर्नियामा जन्मिएकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छन् ।
कमला ह्यारिसको पनि बाइडेनको जस्तै राष्ट्रपति बन्ने सपना छ। यसपालि डेमोक्र्याटिक पार्टीको प्राइमरीमा उनले पनि बाइडेनसँग प्रतिस्पर्धा गरेकी थिइन ।
उनी यसपछि अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्न सक्ने अनुमानहरु हुन थालेका छन् ।
