२०८० चैत्र १६ गते शुक्रवार

अमेरिकी राष्ट्रपति निर्वाचन – बाइडेन जित नजिक


दाङ,कात्तिक २० । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् । चार वर्ष अगाडि मिसिगन र विन्कन्सिन राज्यमा पराजय बेहोरेका बाईडेन ती ठाउँमा जित हासिल गरेसँगै जित नजिक पुगेका हुन । पछिल्लो मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाइसकेका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन् ।

अमेरिकामा राष्ट्रपति पदमा निर्वाचित हुन आवश्यक २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्ने गर्छ।बाइडेने अब कुनै एक राज्यमा जित हासिल गरे उनी राष्ट्रपतिमा निर्वाचित हुने छन् ।

हालसम्म ५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ।यसैबीच ट्रम्पको चुनावी अभियानले विन्कन्सिनको मत पुनःगणना गर्नुपर्ने माग गर्न थालेको छ । उक्त राज्यमा केही सय भोटले बाइडेन विजयी भएका थिए ।

ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिन थालेको छ । एजेन्सिको सहयोगमा,

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *