२०८३ जेष्ठ २४ गते आइतवार

फिलिपिन्समा शक्तिशाली समुद्री आँधी, १० जनाको मृत्यु

कात्तिक १७। फिलिपिन्समा शक्तिशाली समुद्री आँधीबाट १० जनाको मृत्यु भएको छ । आँधीलेबाट घर तथा भवनहरु भत्किएका छन् भने तीन लाख ४७ हजारभन्दा धेरै मानिसलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ । यो यसवर्षकै सबैभन्दा ठूलो समुद्री आँधी मानिएको छ । प्रतिघण्टा २ सय २५ किलोमिटरको गतिमा हावा र भारी वर्षा भएको छ ।

अहिले आँधी बिस्तारै कमजोर भएतापनि अझै ठूलो आँधी र वर्षा हुनसक्ने चेतावनी मौसमविद्हरुले चेतावनी दिएका छन् । आँधी आउनुभन्दा पहिला फिलिपिन्सले १० लाख मानिसहरुलाई उद्धार गर्नु आवश्यक रहेको बताएको थियो । तर कोरोना भाइरसको सङक्रमण जोखिम पनि रहेकाले उद्धारकार्यमा कठिनाइ भइरहेको उद्धारकर्ताहरुले बताएका छन् । एजेन्सी

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *