२०८१ माघ १२ गते शनिवार

ब्राजिलमा कोरोनाबाट एक लाखभन्दा धेरैको मृत्यु


साउन २६। ब्राजिलमा कोरोना भाइरसकाबाट एक लाखभन्दा धेरैको मृत्यु भएको छ । ब्राजिलमा कोरोनाबाट एक लाख १ हजार ४९ जनाको मृत्यु भएको हो । ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३० लाख ३५ हजारभन्दा धेरै पुगेको छ ।

बीबीसीका अनुसार ब्राजिलमा पहिलो ५० हजार मानिसको कोरोना भाइरसका कारण ज्यान जान तीन महिना लागेको थियो । भने थप ५० दिनमा ५० हजारभन्दा धेरैको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरसको संक्रमण अझै पनि उच्च तहमा रहे पनि त्यहाँ पसल तथा रेस्टुरेन्टहरु खुलिसेकका छन् ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *