२०८१ चैत्र १३ गते बुधवार

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ,साउन १३ ।  मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक लाखाैँ डलर भ्रष्टाचार भएको एउटा मुद्दामा दोषी ठहर भएका छन् ।

यो मुद्दा वन–एम–डी–बी नामको एक सरकारी कोषसँग जोडिएको छ, जसलाई पूर्वप्रधानमन्त्री रजाकले आफ्नो प्रभावमा दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।

पूर्वप्रधानमन्त्रीविरुद्ध यस्ता कम्तीमा तीन वटा मुद्दा चलिरहेको छ, जसमध्ये यो पहिलो मुद्दा हो, जसको फैसला आएको हो ।

मलेसियामा दुई वर्षअघि एक ऐतिहासिक चुनावमा मतदाताले नजिब रजाकलाई सत्ताबाट बाहिरको बाटो देखाइदिएका थिए ।

नजिब रजाक आफूमाथि लागेको आरोप अस्वीकार गर्छन् । तर अभियोजन पक्षले भने रजाकले सरकारी कोषबाट कम्तीमा एक कराेड अमेरिकी डलर आफ्नो खातामा ट्रान्सफर गरेको आरोप लगाएका छन् ।

 

प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *