२०८१ बैशाख ७ गते शुक्रवार

बिहान ढिलासम्म सुत्नेलाई डिमेन्सियाको खतरा

राति ढिलासम्म बस्ने र बिहान ढिलासम्म सुत्ने केही मानिसहरुको बानी हुने गर्छ । अधिकांश मानिसहरु रातिको समयमा ढिलासम्म पार्टीमा रमाउने र मध्यरातमा मात्रै सुत्न जाने गर्दछन् । यस्तो बानी छ भने तत्कालै बन्द गर्नुपर्छ । अन्यथा त्यो स्वास्थ्यको लागि यो हानिकारक हुने चिकित्सकहरु बताउँछन् ।

वैज्ञानिकहरुको एक संस्थाले गरेको अध्ययनले बिहान अबेरसम्म सुत्ने व्यक्ति मस्तिस्क रोगबाट गम्भीर रुपमा ग्रसित हुने कुरा पुष्टि गरेको छ । जसलाई डिमेन्सिया नामले चिनिन्छ । डिमेन्सिया एउटा मानसिक रोगको यस्तो स्थिति हो, जसमा दिमागसँग जोडिएका कयौं समस्याहरु हुने गर्दछन् । आम रुपमा डिमेन्सिया हुँदा व्यक्तिको स्मरण शक्ति कमजोर हुन्छ । यो रोग लागेपछि मानिसमा काम गर्ने क्षमता पनि कम हुने गर्दछ ।

स्मरण शक्ति नै नष्ट हुने खतरा

डिमेन्सिया एक न्यूरोलोजिकल समस्या हो । जसको कुनै उपचार छैन । यो रोगबाट बच्ने एकमात्रै बाटो भनेको समयमा नै जरुरी सावधानी अपनाउनु नै हो । त्यसको लागि हामीले त्यो रोगको खतरा बढ्ने बानीहरुलाई दूर गराउनुपर्छ ।

९ घण्टाभन्दा धेरै र ६ घण्टाभन्दा कम सुत्नु हानिकारक

डिमेन्सियालाई लाइफस्टाइलसँग जोडिएको बिरामी पनि भन्ने गरिन्छ । गलत जीवनशैली अपनाउँदा मानिसहरु यो रोगको शिकार हुने गर्छन् । यसको समस्या धेरैजसो ५० वर्षभन्दा बढी उमेरका मानिसहरुमा लाग्ने गर्दछ । तर, वैज्ञानिकहरुको अध्ययनबाट यो कुरा पुष्टि भएको छ कि यदि तपाईंहरु बिहान ढिलासम्म सुत्नुहुन्छ भने तपाईंलाई ५० वर्षभन्दा कम उमेरमा पनि यो रोग लाग्नसक्छ ।

यो अध्ययन ५ हजार २४७ जनामा गरिएको थियो । अध्ययन गरिएकाहरुको उमेर ४५ वर्षमाथि र ७५ वर्षसम्म थियो । अध्ययन रिपोर्टको नतिजामा ९ घण्टाभन्दा धेरै सुत्ने मानिसहरुमा डिमेन्सियाको समस्या धेरै देखिएको छ ।

बढी सुत्ने मात्रै होइन, ६ घण्टाभन्दा कम सुत्नेहरुमा पनि यो समस्या देखिएको थियो । विश्वव्यापी मान्यताअनुसार युवावस्थामा दैनिक ७ देखि ८ घण्टा सुत्नु आवश्यक मानिन्छ । त्यसैले ९ घण्टाभन्दा धेरै र ६ घण्टाभन्दा कम सुत्न नहुने सोधकर्ता बताउँछन् ।

धेरै सुत्दा किन हुन्छ खतरनाक ?

सोही रिपोर्टमा धेरै सुत्नु किन खतरनाक हुन्छ, भन्ने विषयमा पनि उल्लेख गरेको छ । धेरै सुत्दा कयौं प्रकारको हर्माेनहरुको स्रावमा असन्तुलन पैदा हुन्छ, जुन मानसिक रोगको कारण बन्न पुग्छ । ज्यादा सुत्दाको घाटा र फाइदाबारे अझै धेरै अध्ययन हुन बाँकी छ ।

यो अध्ययन अमेरिकाको नेशनल स्लिप फाउण्डेशनले गरेको हो । सो संस्थाका अनुसार सुत्नेहरुले पनि गहिरो निद्रा नलिने र जरुरतभन्दा कम सुत्नेहरुमा कोग्नीटिभ -दिमागसम्बन्धी) समस्याहरुको खतरा ज्यादा भएको देखिएको छ । जानकारहरुका अनुसार लामो समयसम्म शरीरमा गहिरो निद्रा परेन भने तुरुन्त चिकित्सकहरुसँग यसको समस्याको बारेमा परामर्श गरिहाल्नुपर्छ । अन्यथा त्यो खतरनाक पनि हुनसक्छ ।

डिमेन्सियाको सुरुआती लक्षण

डिमेन्सिया भएका मानिसहरुमा केही विशिष्ट किसिमका लक्षणहरु देखापर्छ । यसबाट पीडित मानिसले कुनैपनि चिजलाई छिट्टै भुल्ने गर्छन् । खासगरेर भर्खरैको घटनाबारे पनि समय समयमा दोधारमा परिरहन्छन् ।

कुनैपनि काममा ध्यान नजानु, दैनिक गरिने काममा पनि पटक-पटक गल्ती गर्नु, हर समय गुपचुप रहनु, उदास रहनु या डिप्रेशनको जस्तो लक्षण देखिनु डिमेन्सियाको सुरुआती लक्षण हुन् ।

प्रकाशित मिति : २०७६ कार्तिक ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *