२०८१ बैशाख १९ गते बुधवार

पत्रकारितामा रुचि थियो समयले कलाकार बनायो : धुर्मुस


तुलसीपुर,फागुन ५ । चर्चित हास्य व्यङ्ग्य कलाकार सिताराम कट्टेल धुर्मुसले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताएका छन ।

आफू सुरुका दिन पत्रकार बन्ने इच्छाले काठमाडौंमा पत्रमारिता पढेको र केहि समय पत्रकारिता गरेता पनि कलाकारिता प्रवेश गरेको बताए ।

चलचित्र पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै धुर्मुसले धेरै समय पछि दर्शक माझ आउँदा पनि पत्रकार तथा दर्शकको मायाले उत्साह थपेको बताए ।

उनले दर्शकको साथ र मायाले आफूलाई हाँस्यव्यङ्ग्य क्षेत्रमा झन नयाँ जोस जागर आएको बताए।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्ष्तामा बोल्दै कट्टेलले भन्नुभयो तुलसीपुरसंग फरक खालको भावनात्मक सम्बन्ध रहेको समेत बताए ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, कोषाध्यक्ष देव बहादुर केसी, चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य ध्रुवराज न्यौपाने, रिपोर्ट्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, निवर्तमान अध्यक्ष शिव पुन सल्लाहकार दीपक कुमाल लगायतकाे उपस्थिति रहेको थियो ।

रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *