२०८२ असार १ गते सोमवार

चलचित्र काँडेतार मातृभूमि प्रतिको प्रेम झल्कने देशप्रेमी सिनेमा हो : अभिनेता नवल खड्का


तुलसीपुर,माघ ७ । नायक, निर्माता तथा कलाकार नवल खड्काले नेपाली चलचित्र काँडेतार मातृभूमि प्रतिको प्रेम झल्कने फिल्म भएको बताएक छन ।

चलचित्र पत्रकार सघ नेपाल दाङ शाखाका अध्यक्ष सन्ताेष केसीको अध्यक्षतामा भएकाे साक्षात्कार कार्यक्रममा बोल्दै खड्काले देश रहे हामी रहन्छौ माटो र मानिस जोगाउ भन्ने कथा बस्तु रहेको काँडेतार देश प्रेमी रहेको बताए ।

नेपालको खुल्ला सिमाना , विदेशी हस्तक्षेप र विभिन्न विकृति रोक्ने लगायतका विषयहरु काँडेतारले बोकेको बताए ।

” हामी यो देशका नागरिक हौं अब हामीले सीमा सुरक्षा नगरे कसले गर्छ भन्ने हाम्रो हो,उनले भने ।”

राष्ट्र र राष्ट्रियता जोगाउन काँडेतारले महत्वपूर्ण भूमिका खेलेको खड्काको भनाइ छ । सेन्सर भईसकेका चलचित्र देखाउन केही ठाउँमा रोक लगाउनुमा सरकारको कमजोरी रहेको गुनासो गरे ।

उनले देश समाज परिवर्तनका लागि चलचित्र एउटा सशक्त माध्यम भएको बताए ।

यही फागुन २५ गतेबाट प्रदर्शन हुने चलचित्र काँडेतार रिलिज हुँदै छ । देशका विभिन्न ठाउँमा च्यारिटी सो सम्पन्न भएको र केही ठाउँमा भईरहेको छ ।

करिब ७० भन्दा बढी च्यारिटी सो सपमन्न भएको मा दाङ मा भने माघ १३ गते हुँदै छ ।

चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकि थिइन ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *