२०८१ माघ १३ गते आइतवार

अभिनेत्री दिपिका र निर्देशक भट्टराई गरे बिबाह

नेपाली फिल्म ऐश्वर्या बाट डेब्यू गरेकी अभिनेत्री दिपिका प्रसाईले बिबाह गरेकी छिन ।

अभिनेत्री दीपिकाले  फिल्म निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी छन्। दीपिकालाई दिवाकरले ‘ऐश्वर्या’ फिल्मबाट डेब्यू गराएका थिए।

आफूहरू विवाह बन्धनमा बाँधिएको निर्देशक दिवाकरले बताए छन । उनले करिब एकवर्षअगाडिदेखि आफूहरू कानुनीरूपमा पतिपत्नी भएको पनि खुलाएका छन्।

‘ऐश्वर्या रिलिज पछि कोर्टम्यारिज गरेका हौं’, दिवाकरले भने, ‘पारम्परिक विवाह भने केहि समयपछि हुनेछ।’ दुई महिना अगाडिनै उनीहरूले पारिवारिक उपस्थितिमा ‘इन्गेजमेन्ट’ गरेका हौ उनले भने ।

आज नै दुबै जना एकसाथ छुट्टी मनाउन बैंकक जाँदैछन्।

प्रकाशित मिति : २०७५ कार्तिक १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *