माघ १८ । अनमोल केसी स्टारर स्पोट्स ड्रामा ‘क्याप्टेन’को ट्रेलर सार्बजनिक भएको छ। फिल्ममा फुटबल खेलाडीको उतारचढावको कथा समेटिएको छ फिल्मलाइ दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । फिल्म फागुनको १७ गते रिलिज हुनेछ ।
भुवन केसीको होमप्रोडक्सन रहेको फिल्ममा नायक अनमोलले दुइ नायिका उपासना सिहं ठकुरी तथा प्रियंका एमभीसँग रोमान्स गरेका छन्।
फिल्ममा अनमोल, उपासना, प्रियंकाका साथै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई लगायतको अभिनय रहेको छ ।
प्रकाशित मिति : २०७५ माघ १८ गते शुक्रवार