२०८१ चैत्र ६ गते बुधवार

तुलसीपुरमा म्युजिकल कन्सर्ट हुने, र्यापर भिटेन, मिलन नेवार लगायतका कलाकार आउदै


दाङ, चैत्र ११ । नयाँ वर्ष २०७८को अवसर पारेर दाङको तुलसीपुर अरनिको मैदानमा म्युजिकल कन्सर्ट हुने भएको छ। अनाथ बालबालिका सहयोगार्थको लागि एकदिने लाइभ म्युजिकल कन्सर्ट हुने भएको हो । उक्त कन्सर्टमा केन्द्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुका साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताएको छ ।

उक्त कन्सर्टमा लोकप्रिय चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’,गायिका मिलन नेवार, गायक प्रताप दास, गायिका तथा मोडल सिर्जु अधिकारी, चर्चित मोडल रिया श्रेष्ठ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहनेछ आयोजकले जनाएको छ ।

चैत २१ गतेको कार्यक्रमको लागी अग्रिम ई सेवा मार्फत अनलाइन टिकट काट्न सकिने आयोजकले जानकारी दिएको छ । टिकट दर भने प्रतिव्यक्ति रु ५०० रहेको छ । कार्यक्रमको आयोजक पि.एम. इन्टरप्रजेज रहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *