२०८१ साउन ९ गते बुधवार

कार दुर्घटना हुँदा गायक भट्टराईको निधन

काठमान्डौं, पुस २९ । गायक निशान भट्टराईको कार दुर्घटनामा परेर मृत्यु भएको छ ।

सोमवार राति काठमान्डौंको दरबारमार्गमा रहेको एक रेष्टुरेन्टबाट फर्किने क्रममा गायक भट्टराईले आफैंले चलाएको कार तीनकुनेमा दुर्घटनामा परेको थियो । उनको कार विद्युतको पोलमा ठोक्किदा उनी गम्भीर अवस्थामा फेला परेका थिए ।

उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा उपचारका क्रममा त्यही उनको निधन भएको प्रहरीले जानकारी दिएको छ । गायक भट्टराईले गाएको पहिलो गीत ‘कामनाले भरिएको…’ भन्ने बोलको हो ।

दीर्घ सिंह बमको रचनामा रहेको यो गीत उनले रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर…’ र ‘हेर धर्ती…’ जस्ता उनका लोकप्रिय गीतहरु हुन ।

 

 

प्रकाशित मिति : २०७६ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *