मंसिर ३ । नेपाली चलचित्र ‘चपली हाइट ३’को शुभसाइत गरिएको छ । मंसिर ५ गतेबाट छायांकनमा जान लागेको चलचित्र कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो ।
अर्जुन कुमारको निर्माणमा बन्न लागेको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गर्दैछन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतमको साथमा नव–कलाकार महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहनेछ ।
सस्पेन्स थ्रीलर कथामा बन्ने चलचित्रमा आफू सोझी यूवतीको भूमिकामा देखिन लागेको स्वस्तिमा बताउँछिन् । यस्तै, अर्की नायिका सुपुष्पा भट्टले आफ्नो भूमिकालाई लिएर उत्साहित रहेको बताइन् ।‘चपली हाइट’का दुई सिरिज चर्चामा रहेका थिए ।
प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार