दाङ,बैशाख २७ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासिय माध्यमीक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिश स्कुलमा अध्यापनरत शिक्षकहरुका लागि आजदेखी तिन दिने क्षमता अभिवृद्धी सम्बन्धि तालिम सुरु भएको छ ।
तालीममा शैक्षिक वर्ष २०७९ का लागी आवश्यक वार्षिक,मासिक र दैनिक कार्ययोजना तर्जुमा,वर्षभरीमा अभिभावकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयनको विधि,शिक्षकहरुको पेशागत विकास,प्रभावकारी कक्षा व्यवस्थापन,अभिभावक शिक्षा तथा सहभागीता,विद्यार्थीहरुमा जीवनोपयोगी सीपहरुको अध्यापन,डिजिटल लर्निङ लगाएतका विषयहरुमा तालीम दिइने संस्थाका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए ।
तालीमको प्रशिक्षकहरुमा मोटिभेटर देशराज दाहाल,टि.आर. डाँगी,बि.आर. अधिकारी लगाएतका छन।
ज्योतिपुञ्ज आवासिय माध्यमीक विद्यालयका विद्यालय व्यवस्थान समितिका अध्यक्ष युबराज थपलीयाको सभापतीत्वमा भएको तालीम उद्घाटन समारोहमा प्रा.लि. का अध्यक्ष हेमराज शर्मा,प्रबन्ध निर्देशक बालचन्द्र शर्मा,संचालकहरु ध्र्रुबराज पौडेल,शालिकराम खनाल,शशिधर पौडेल, विद्यालयका प्रिन्सिपल बुद्धीराज अधिकारी,शिक्षा निर्देशक तुल्सीराम डाँगी, कोर्डिनेटर तुल्सी शर्मा,ज्योतिपुञ्ज मोडेल इङ्लिश स्कुलका प्रिन्सिपल शिव भण्डारी, कोर्डिनेटर मदन घिमिरे लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन ज्योतिपुञ्ज आवासिय माध्यमीक विद्यालयका सहायक प्रिन्सिपल पूर्णचन्द्र पाण्डेले गरेका थिए । तालीममा दुईवटा विद्यालयका ७० जना शिक्षकहरु सहभागी रहेका छन् ।
विगत पाँच वर्ष अघिदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय भरतपुर दाङ र विगत तिन वर्षदेखी नयाँ व्यवस्थापनका साथ संचालनमा आएको ज्योतिपुञ्ज मोडेल इङ्लिश स्कुल रामपुर दाङले पठनपाठनका लागि मल्टिमिडियाको प्रयोग,मासिक परीक्षा संचालन,नियमित योग,संस्कार,मेडिटेसन कार्यव्रmम संचालन,मासिक अभिभावक शिक्षा र अन्तरकृया संचालन,पि.एच.आर कार्यव्रmमको संचालन,सबै कक्षाहरुको पठन पाठनलाई सि.सि. टि.भी.बाट निगरानी,विद्यालयको गुणस्तर मापन र वृद्धिका लागि वाह्य परीक्षाहरुको संचालन,तोकिएको संख्यामा मात्र कक्षाकोठामा विद्यार्थीहरु राखिने,आकर्षक छात्रवृत्तिका कार्यव्रmमहरु,विद्यार्थी संख्यामा भन्दा भर्ना भएका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा केन्द्रित रहेर कार्यव्रmमहरु संचालन गर्दै आइरहेको विद्यालयका प्रिन्सिपल बुद्धीराज अधिकारीले जानकारी दिए ।