दाङ,चैत २५ । दाङको घोराही भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलमा डिप्लोमा तह सूचना प्रविधि बिषयमा अध्ययनरत विद्यार्थीहरुले आज शुक्रवार एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीहरुको स्वागत तथा अध्ययन पुरा गरेर जान लागेका विद्यार्थीहरुलाई विदाई गरेका छन ।
डिप्लोमा तह तेस्रो र चौथो सेमेष्टरका विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरी छैठो सेमेष्टर र टि एस एल सी तहको अध्ययन पुरा गरी जान लागेका विद्यार्थीहरुको बिदाई र प्रथम समेष्टर र कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका हुन ।
विद्यार्थीहरुले उनीहरुलाई अविर, खादा र मायाको चिनो प्रदान गरी स्वागत तथा विदाई गरेका थिए ।
चौथो सेमेष्टरमा अध्ययनरत छात्र नविन नाथको सभापतित्वमा एंव विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको प्रमुख आतिथ्यता र विद्यालयका प्राचार्य बसन्ता पौडेलको बिशिष्ट आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
्कार्यक्रममा बोल्ने बक्ताहरुले सरस्वती माध्यमिक विद्यालयमा सञ्चालनमा रहेको डिप्लोमा तहको सूचना प्रविधि बिषयको पढाई अहिलेको युग सुहाउदो बिषय भएको भन्दा यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठले सूचना प्रविधि र प्लट टु तहको पढाईलाई सैद्धान्तिकसगै ब्यवहारिक र प्रयोगात्मक गराउने गरी योजना बनाएर अघी बढेको बताए ।
विद्यालयमा प्रधानाध्यापक बसन्ता पौडेलले सूचना प्रविधि बिषयको पढाईलाई अझ प्रभावकारी बनाउदै अघी बढाइएको बताए ।
छात्रा संगिता गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य तिलक रावत, विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगी, प्लस टू संयोजक हेमराज शर्मा, विद्यार्थीहरु अमृत भण्डारी, मोहन थापा, सुदन सुनार, एलिशा मल्ल, भापन बाढा मगर, प्रसम्सा खड्का, खुमराज केसी, आदित्य चन्द, सुवास केसी, हरिकला भुसाल लगाएतले बोलेका थिए ।
कार्यक्रममा विद्यार्थीहरु लक्ष्मी वि।क।, बिनिता नेपाली, सम्झना परियार लगायतको नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजिकरण चौथो सेमेष्टरका छात्र पूर्णबहादुर खत्रीले गरेका थिए ।