२०८२ माघ २८ गते बुधवार

एकै दिन साढे २० हजारले घट्यो सुनको मूल्य

दाङ, माघ १६ । एकै दिनमा सुनको मूल्य तोलामा २० हजार रुपैंयाले घटेको छ । शुक्रबार प्रतितोला २० हजार पाँच सय रूपैयाँले सुनको मूल्य घटेको छ ।


शुक्रबार बजारमा सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँमा कारोबार भइ रहेको छ ।


बिहीबार एकै दिन प्रतितोला २० हजार पाँच सय रूपैयाँ बढेर सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यो नै हालसम्मको उच्च मूल्य थियो ।


बिहीबार एकै दिन जति मूल्य बढेको थियो शुक्रबारपनि त्यति नै सुनको मूल्य घटेको हो ।

त्यस्तै बिहीबारको तुलनामा चाँदीको मूल्यपनि केही घटेको छ ।
बिहीबार तोलामा सात हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार सात हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदी बिहीबारको भन्दा प्रतितोला चार सय ४० रूपैयाँले घटेको छ ।



प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *