२०८१ चैत्र १२ गते मङ्गलवार

सुनको मुल्य तोलामा १ लाख ७० हजार नाघ्यो


काठमाडौं, माघ २९ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको हो ।

आज सुन तोलामा १ लाख ७० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा १ हजार ४ सय र आइतबार १ सय रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ३० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *