२०८१ चैत्र १२ गते मङ्गलवार

सुनको मूल्य घट्याे, आज कतिमा हुँदै छ कारोबार ?


काठमाडौ, माघ २५ । नेपाली बजारमा सुनको भाउ शुक्रबार चार सय रुपैयाँले घटेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा झरेको छ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो।

यसअघि मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः प्रतितोला १ हजार ९००, २ हजार २०० र १ हजार ६०० रुपैयाँले बढेको थियो।

यता, शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *