२०८२ जेष्ठ ३० गते शुक्रवार

नेपालमा पाँच महिनामै भित्रिए चार हजार बढी विद्युतीय गाडी

काठमाडौँ,पुस ८ । नेपालमा ५ महिनामा ४ हजारभन्दा बढी विद्युतीय गाडी भित्रिएका छन्। निजी गाडी र माइक्रो गरी ४ हजार ४२ विद्युतीय गाडी आयात भएका हुन्।

५ महिनामा ५० किलोवाटसम्मका कार जिप १५ सय ९५ वटा आयात भएका छन्।

५१ देखी १०० किलोवाटसम्मको २ हजार २८ वटा गाडी भित्रिँदा १०० देखि २०० किलोवाटका ५२ वटा भित्रिएको भन्सार विभागले उल्लेख गरेको छ।

२०१ किलोवाटमाथिका ११ वटा निजी गाडी आयात भएका छन्। सार्वजनिक यातायातको रुपमा प्रयोग भएका ११ देखि १४ सिटसम्मका माइक्रो १३४ र १५ देखि २५ सिट क्षमताका ५६ वटा मिनीबस आयात भएका छन्।

विद्युतीय मोटर भएका अन्य १६६ वटा गाडी आयात भएका छन्। सबै विद्युतीय गाडी आयात हुँदा १० अर्ब रुपैयाँ बाहिरिएको छ। माइक्रो र मिनीबसा मात्रै ६० करोड बराबरका आयात भएका छन्।

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *