काठमाडौँ,असार ८ । नेपाली बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ ।
आज सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रति तोला १ लाख १० हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो ।
प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार
