२०८२ चैत्र १ गते आइतवार

आइतबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं ,जेठ २८ । नेपाल सुनचाँदी व्यवसायी महासघले आइतबार सुनचाँदीको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासंघले आइतबारको मूल्यसूची तय गर्दै सुन र चाँदीको मूल्य स्थिर कायम भएको जनाएको हो ।

महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि छापावाल र तेजाबी सुनको मूल्य तोलामा यही कायम थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर कायम छ । गत साताको शुक्रबारको तुलनामा आज पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको छ । महासंघअनुसार आइतबार चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *