काठमाडौं,बैशाख २५ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख १० हजार ९ सय रुपैयाँ पुगेको छ ।
हिजो तोलाको १ लाख १० हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज पनि स्थिर छ ।
गएको बिहीवारदेखि चाँदी तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०८० बैशाख २५ गते सोमवार