निरला अर्याल गैरे,
तुलसीपुर, चैत ११ । कुनै समय छोराछोरी पढाउन नसकेर साना बाबु नानीलाइ पातुखोलाको किनारामा गिटी बालुवा बोक्न पठाउनु पर्ने बाध्यता थियो तर अहिले उनी आफना दुइ छोरा छोरीलाइ निजी विद्यालयमा पढाउँछीन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ वसपार्क निवासी रोममती विक विगतका दुख र पीडा सम्झिँदै भन्छिन. श्रीमानले अर्को विवाह गरेर वेपता भए म एक्लै माइती घरको बुबा आमा संग बसें, , परिवारको कमाइ केही पनि थिएन छोराछोरीलाइ पढाउन त के पेट भर्नको लागी कुनै उपाय थिएन् । तर आज आफ्ना दुइ छोरा छोरी निजी विद्यालयमा पढाउन पाउँदा संसारकै खुशी देख्छु भन्दै थिइन यतिकैमा उनले आँखाभरी हर्ष र सन्तुष्टिको आशु छछल्काइन् । आफ्नो लगनशिलता, मिहिनेत, आँट र विश्वासले रोममती विकको जीवनमा धेरै परिवर्तनहरु आएका छन् ।
पातुखोलाको किनारामा गिटी कुट्दा कुट्दै मन पराएर राम बहादुर विक संग विवाह भयो । बालबच्चा जन्मिएपछि विस्तारै विस्तारै श्रीमानले आफु माथी गर्ने व्यवहार परिर्वतन हुदै गयो । खोलाको किनाराले धानेको दुइजनाको परिवार चार जना हुदाँ खान, बस्न, औषधी उपचार लगाएत अन्य कुराहरमा खटपट भैरहन्थ्यो । बच्चालाइ विद्यालय पठाउनु त आकाशको फल आँखा तरी मर जस्तै सावित बनेको थियो उनका लागी ।
बच्चा जन्मिएको ३ दिनबाट खोलामा होमीनु पर्ने थियो तर पनि श्रीमानको राम्रो बोली व्यवहार भने मन्द मन्द भइरहेको थियो । घर बनाउने ठाँउमा काम खोज्दे हिडिन उनी । बल्ल बल्ला घर बनाउने सिमेन्ट, बालुवा बोक्ने काम त पाइन बच्चा बोकेर केही दिन त काम गरिन उनको बच्चा संगको कामले ठेकेदार लगाएत अरुलाइ सन्तुष्टि दिएन बच्चालाइ पनि विसन्चो हुदैँ गयो । धेरै विरामी पर्न थालेपछी न काम न दाम जस्तै भयो विश्वास गर्ने आफन्तसंग रिन लिएर उपचार गरिन तर श्रीमानको भने उनलाइ कुनै साथ र सहयोग मिलेन ।
उनलाइ दिनभर ज्याला मजदुरी गर्नुभन्दा आफ्नै व्यापार व्यवसाय गर्ने मन पहिला देखि नै थियो तर भनेजस्तै तुलसीपुर उपमहानगरपािलका र दलित गैर सरकारी समनव्य समिती नेपाल को संयुक्त सहयोमा उनले विपन्न भएकै कारण रु १५ हजार बराबरको ठेला गाडा र नगद सहयोग पाइन यो सहयोग रोममती विकको जीवन परिवर्तनको साधन बन्यो । उनले त्यो ठेलागाढामा पानी पुरी, चटपटे, आलुपकौडी राखिन् विस्तारै उनको व्यपारले फड्को मार्दै गयो रु पाँच सयको सामान किनेर बेच्दा एक दिनमा अहिले २ हजार सम्म आम्दानी गर्छिन् । भने महिनामा ६० हजार बराबरको आम्दानी उनलाइ त्यही चट्पटेले दिइरहेको छ ।
अहिले रोममती विकको जीवन आर्थिक स्तरमा वृद्धि हुदै गएको छ । छोराछोरीको नाममा फाइनान्समा पैसा जम्मा गर्छिन् । आफ्नो नाममा त छदैँछ । भने जस्तो छोराछोरीलाइ निजी विद्यालयमा पढाउन सहज भएको छ । दिनभर काम गरी पेट भर्न समस्या हुने रोममती को परिवार अहिले श्रीमान नहुँदा पनि एक्लो साहस र मिहिनेतले पारिवारिक जीवन सहज भएको छ । ३ वर्ष सम्मको यो मिहीनतले अहिले उनले गाँउमा एक कठ्ठा जमिन पनि जोडेकी छ्न ।
अव को एक वर्षपछि कच्ची भएपनि घर बनाउने उनको दृढ संकल्प छ । आफ्नो टोल छरछिमेकीमा दुख पाएका श्रीमानबाट अपहेलित भएका महिलाहरुलाइ व्यापार व्यवसाय गर्ने तरिका सिकाउँछिन् जोखिममा परेकाहरुलाइ रिन दिएर पनि सहयोग गरिेकी छन् ।
गाँउका धेरैजना मेरो प्रगती देखेर सोध्न आउँछन् चटपटे, आलु पकौडा, पानी पुरी बनाउने तरिका सिक्न धेरै महिला दिदी बहिनी आउने गर्छन् म जस्तो दुख पाको मान्छेले अलिक माथिल्लो वर्गको मान्छेलाइ सिकाउन पाउँदा अति नै खुसी लाग्छ , हाँस्दै भनिन् । अव केही महिना भित्र ठेलामान नै म.म. राखेर बेच्ने र अझ बढी मुनाफा कमाउने रोममतीको उद्धेश्य रहेको छ ।