राजेश खत्री,
दाङ, चैत ६ । सिभिल बैंक लिमिटेडले आफ्नो तुलसीपुर शाखामा बुधवारदेखि लकर सेवा सुरु गरेको छ । तीन बर्ष अगाडि २०७२ साल मंसिर २ गते स्थापना भएको तुलसीपुर शाखामा सेवाग्राहीको माग बमोजिम लकर सेवा सुरु गरिएको शाखाका अप्रेसन इञ्चार्ज यज्ञराज विनाडीले जानकारी दिए । कुल ७५ वटा लकर राखेकोमा ६६ वटा सानो खालको, ६ वटा मध्यम र ३ वटा ठूलो साइजको रहेको विनाडीले बताए । त्यसमध्य सानो आकारको लकर प्रयोग कर्ताले बार्षिक १ हजार ५ सय, मध्यम खालको प्रयोग कर्ताले ३ हजार ५ सय र सबै भन्दा ठूलो खालको लकर प्रयोग कर्ताले ५ हजार बार्षिक लाग्ने जानकारी दिइएको छ ।
शाखा प्रवन्धक प्रनिल पछाँईले महिलाको लागि भने सबै लकरहरुमा ५० प्रतिसत छुटको सुविधा दिइएको बताए । ‘अरुलाई एक हजार ५ सय बार्षिक लाग्छ भने महिलाको लागि ५० प्रतिसत छुट दिएर ७ सय ५० मा लकर उपलब्ध गराइने छ,’ शाखा प्रवन्धक पछाँईले भने । लकर उद्घाटन भएकै दिन बुधवार २० वटा लकर बुक भएको पनि वैंकले जानकारी दिएको छ ।
वैंकको लकरको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर राउतले एक औपचारिक कार्यक्रमका बीच रिवन काटेर उद्घाटन गरेका हुन । उद्घाटन पछि सम्वोधन गर्दै अध्यक्ष राउतले आफ्नो गरगहना, महत्वपूर्ण सामाग्री, जग्गाको पूर्जा जस्ता महत्वका कुराहरु सुरक्षित साथ बैंकमा राख्ने अवसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिएका थिए ।
दिनानु दिन चोरीका घटना बढ्दै गएपछि समाज त्यो बाट आजिद भएकाहरुले सम्पत्ति लगाएत आफ्ना किम्ती कुराहरु अब सुरक्षित साथ लकरमा राख्ने सक्ने उनले आशा व्यक्त गरे । वैंकका शाखा प्रवन्धक पंछाइको अध्यक्षता र वाणिज्य संघका अध्यक्ष राउतको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा तुलसीपुर नगरविकास समितिका अध्यक्ष यज्ञबहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल, वरिष्ठ उपाध्यक्ष रामप्रशाद चालिसे, महासचिव रुपलाल खत्री, व्यवसायी भुपाल राउत, शम्भु पोखरेल लगाएका व्यवसायीहरु उद्घाटनमा पुगेका थिए ।
कार्यक्रमको सहजीकरण रिपोर्टर्स क्वलका अध्यक्ष शरद रेग्मीले गरेका हुन ।