काठमाडौँ ,माघ १२ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढेको छ। यससँगै सूचक २१८६.५० विन्दुमा आएको छ।
यस अवधिमा ८ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ। २५ कम्पनीको १६ सय ५१ कित्ता सेयर खरिदबिक्री भएको हो।
यो सेसनमा कुल ३५ वटा कारोबार भएको छ। १६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार