२०८१ बैशाख ८ गते शनिवार

सुनको मूल्य तोलाको ६० हजार नाघ्यो

सुनको मूल्य प्रतितोला ६० हजार १ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले महँगिएर ६० हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको यो मूल्य एक वर्षयताकै महँगो हो। त्यस्तै चाँदीको मूल्य प्रतितोला ७५० रुपैयाँ पुगेको छ। विगत एक वर्षमा चाँदीको मूल्य ८ सय रुपैयाँसम्म पुगेको छ।

प्रकाशित मिति : २०७५ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *