काठमाडौं,पुस २४ । सुनको भाउ आज फेरि बढेको छ ।
अस्ति शुक्रवार तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ३ सय रुपैयाँ तोकेको छ।
अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार