काठमाडौं ,पुस २० । सुनको भाउ आज पनि बढेको छ ।
आज तोलामा ३ सय रुपैयाँले बढेर सुन एक लाख २ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य तोलामा एक लाख २ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।
चाँदी आज तोलाको एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार
