२०८२ बैशाख ११ गते बुधवार

लगातार बढ्दै सुन चाँदीको भाउ

काठमाण्डौ ,मंसिर १८ । सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ ।

अस्ति शुक्रवार तोलामा एक हजार रुपैयाँले बढेको सुनको भाउ आज फेरि पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *